+
+

तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १७:२२

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले दाङको तुल्सीपुर मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

तुल्सीपुर उप–महानगरपालिका-६ मदनआश्रित चोकमा रहेको कार्यालयमा बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

तुल्सीपुर उप–महानगरपालिकाका प्रमुख टिकाराम खड्काले सो एक्सटेन्सन काउन्टरको उद्घाटन एक समारोहबीच गरेका छन् ।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ ।

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरूको संख्या ६८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?