+
+

९ महिनामा २८६ उद्योग दर्ता, १ खर्ब ६५ अर्ब लगानी प्रस्तावित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १७:३५

७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ ।

चैत महिनामा मात्र २८ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ३६ वटा ठूला उद्योग दर्ता भएका छन् । २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएको विभागले जनाएको छ । यस वर्ष विभागले ८० ठूला, ८५ मझौला र २०० वटा साना उद्योग दर्ता हुने प्रक्षेपण गरेको थियो ।

यस अवधिमा १ खर्ब ६५ अर्ब रुपैयाँ प्रस्तावित लगानी आएको छ । चैतमा मात्र १० अर्ब ५९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । विभागका अनुसार चैतसम्म दर्ता हुन आएका उद्योगमा २० हजार १३७ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

चैतसम्म विदेशी लगानीका २६९ उद्योग दर्ता भएका छन् । १६ वटा चैतमा दर्ता भएको विभागको तथ्यांक छ । यस अवधिमा ३० अर्ब १० करोड विदेशी लगानी प्रस्तावित भएको छ । चैत महिनामा मात्र आएका उद्योगले १ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको विभागले जनाएको छ । विभागका अनुसार यसरी आएका उद्योगले १३ हजार ८३४ जनालाई रोजगारी दिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?