
७ वैशाख, काठमाडौं । महिला उद्यमी महासंघ नेपालले उद्यमशीलता प्रवर्द्धनमा सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेको छ ।
महासंघकी अध्यक्ष शोभा ज्ञवाली नेतृत्वमा महिला उद्यमी महासंघ नेपालको कार्यकारिणी सदस्यहरूले राष्ट्रपति पौडेलसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलसँग महिला उद्यमीहरूले बजेट कार्यक्रम र प्राथमिकतामा महिला उद्यमशीलता विकासमा टेवा पुर्याउनका लागि आगामी बजेटमा योजनाहरू समेट्नुपर्ने बताएका थिए ।
महिला उद्यमीहरूले सहुलियतपूर्ण वित्तीय पहुँच तथा बजार व्यवस्थापनमा सहयोग, स्वदेशी उद्यमशीलताको संरक्षण, सहुलियतपूर्ण कर्जा, महिला व्यवसायीले सञ्चालन गरेका व्यवसायहरूलाई शुल्क, जरिवाना र दस्तुर मिनाहा गर्नुपर्ने लगायत माग रहेको थियो ।
महिला उद्यमीहरूका लागि निर्देशित ऋणमा कम्तीमा ३० प्रतिशत विनियोजन गर्न उनीहरूले माग गरेका हुन् ।
प्रतिक्रिया 4