+
+

‘साउथ स्टार’ ज्योतिका सगरमाथा क्षेत्रको पदयात्रामा, भन्छिन्- नेपाली वास्तविक जीवनका हिरो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १०:१७

काठमाडौं । चर्चित दक्षिण भारतीय अभिनेत्री ज्योतिका (गीता रानी) झण्डै दुई सातादेखि नेपालमा थिइन् । केही दिनअघि उनले दश दिन लामो सगरमाथा क्षेत्रमा पदयात्रा गरिन् ।

साथी दिप्ती नारायणसँग पदयात्रामा निस्किएकी उनले पदयात्रामा रमाइलो गरेको देख्न सकिन्छ । भिडियो र तस्वीरमा उनको पदयात्रा आकर्षक, रोमाञ्चक र आत्मपरक महसुस हुन्छ ।

उनले यात्रामा आफूलाई सघाउने र यात्रामा भेटिएका नेपालीको प्रशंसा गर्दै वास्तविक जीवनका हिरोको संज्ञा दिएकी छन् । ‘यो यात्रा मेरो हृदयमा सँधै रहिरहनेछ’ उनी लेख्छिन् ।

सीता एयरबाट उनले पर्वतीय उडान भर्दै सगरमाथा क्षेत्रमा निस्किएको देख्न सकिन्छ । त्यता जानुअघि उनी काठमाडौंको साम होटलमा बसेकी थिइन् । नेपालमा ज्योतिकाको ठूलो फ्यान फलोइङ छ ।

 

View this post on Instagram

 

A post shared by Jyotika (@jyotika)

अजय देवगण र आर माधवनसँगको उनको पछिल्लो फिल्म ‘शैतान’ नेपाल र भारतीय बक्सअफिसमा सुपरहिट फिल्म हो । सन् २०२४ मा चौंथो सर्वाधिक कमाउने फिल्म हो भने नेपालमा गतवर्षको सुपरहिट । यो फिल्म अहिले पनि नेपाली हलमा चलिरहेको छ ।

तामिल फिल्मकी यी चर्चित हस्तीले भारतमा दर्जनौं फिल्ममा काम गरेकी छन् भने प्रशस्तै अवार्ड पनि जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?