+
+

नेपालका ट्राफिक प्रहरीले भोजपुरी स्टार अक्षरालाई नेपाली बोल्न सिकाए

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते ११:००

काठमाडौं । चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंह विहिबार नेपाल आएकी थिइन् । उनले सिरहाको लहान एक्स्पोमा सहभागि हुँदै दर्शकसामु विभिन्न प्रस्तुति पनि दिइन् ।

भारत फर्कनुअघि उनले नेपालका ट्राफिक प्रहरीसँग नेपाली भाषा सिक्दै गरेको भिडियो यतिबेला भाइरल छ । उनी आफैले फेसबुकबाट भिडियो सेयर गर्दै नेपाली मान्छे र नेपाल रमाइलो लागेको बताएकी छन् ।

भिडियोमा अक्षराले नेपाली भाषा बोल्न सिकेको देखिन्छ । उनलाई भाषा सिकाउन नेपाली प्रहरीले पनि सघाएका छन् । भिडियो सेयर गर्दै अक्षरा लेख्छिन्– मायालु मान्छेहरुसँग साह्रै खुशि लाग्यो । उनले आफूलाई फेरि नेपाल बोलाउन पनि भनेकी छन् ।

उक्त एस्पोमा अक्षरलाई हेर्न दर्शकको भीड उर्लिएको थियो । जहाँ उनले चर्चित भोजपुरी गीतमा नृत्य प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । नेपालको मधेश प्रदेशमा अक्षराको ठूलो फ्यान फलोइङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?