+
+

सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन : आरजु देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ८ गते १३:१७

८ वैशाख, काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाएकी हुन् ।

सहकारी संस्थाहरुले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उनले बताइन् ।

२०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?