+
+

ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते ११:५१

काठमाडौं । ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करणमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ले सर्वोत्कृष्ट फिल्मसहित तीन विधा जितेको छ । यो फिल्मले पटकथा र अभिनेतृतर्फ जुरी मेन्सन अवार्ड पनि जित्यो ।

मलिका महतले उक्त नारीप्रधान सोसल-ड्रामा फिल्मबाट जुरी अवार्ड जितिन् । रामेछापमा शनिबार सम्पन्न महोत्सवमा १६ विधाका फिल्म र निर्मातालाई पुरस्कृत पनि गरियो ।

निर्देशन विधामा ‘दिमाग खराब’बाट निश्चल बस्नेत उत्कृष्ट घोषित भए । अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा अभिनेतातर्फ दयाहाङ राई सर्वोत्कृष्ट बने ।

विजेतालाई पुरस्कृत गर्दै फिल्म निर्देशक दयाराम दाहालले काठमाण्डौंबाट नजिकै रहेको रामेछाप जिल्लामा छायांकन गर्न मिल्ने धेरै ठाउँ आफूले यात्राको क्रममा देखेको बताए ।

ग्रामीण परिवेशमा बन्ने फिल्मका लागि रामेछाप उपयुक्त ठाउँ रहेको र यो थलोलाई पहल गर्न आफूले पहल गर्ने धारणा उनले राखे । सेलिब्रेटी नेपालले महोत्सव आयोजना गरेको हो ।

यस्तो छ सर्वोत्कृष्ट सूची

फिल्म – सतीदेवी

जुरी मेन्सन अवार्ड – फिल्म विच्छेद

निर्माण संस्था – सिनेमा आर्ट्स नेपाल

कथानक फिल्म निर्देशक – निश्चल बस्नेत (दिमाग खराब)

पटकथा कथानक फिल्म – लक्ष्मण सुवेदी (सतीदेवी)

अभिनेता कथानक – दयाहाङ राई (नाङ्गो गाउँ)

अभिनेत्री, जुरी मेन्सन अवार्ड – मलिका महत (सतीदेवी)

अभिनेत्री, फिचर – स्वस्तिमा खड्का (दिमाग खराब)

छोटो सांगीतिक फिल्म – अन्तै माया

छोटो फिल्म, जुरी मेन्सन अवार्ड – रित्तो गाउँ

छोटो फिल्म – मदर

वृत्तचित्र – द आइरन डिगर (आग्रे)

दृश्य सम्पादक – बनिश शाह (नांगो गाउँ)

छायांकार – संकल्प भुजेल (विच्छेद)

रङ संयोजक – राजेन्द्र मोक्तान

सांस्कृतिक फिल्म – माराङ (मगर भाषा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?