+
+

टेलर स्वीफ्टको नयाँ एल्बमले स्पोटीफाइमा राख्यो कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १२:०८

काठमाडौं । टेलर स्विफ्टको नयाँ एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ विश्व संगीतको चर्चित प्लाटफर्म स्पोटीफाइमा एकै दिनमा धेरै स्ट्रिम हुने गीतको कीर्तिमान रचेको छ ।

स्पोटीफाइका अनुसार एकै दिनमा यो गीतलाई ३० करोड (३०० मिलियन) पटक सुनिएको छ । उक्त एल्बमले १९ अप्रिल २०२४ मा उक्त कीर्तिमान रचेको प्लाटफर्मले ट्वीट गर्दै जनाएको छ ।

यसअघि यो कीर्तिमान बियोन्सेको एल्बम ‘काउब्वाय कार्टर’को नाममा थियो, जसलाई २०० मिलियन पटक सुनिएको थियो ।

यति मात्र होइन, स्वीफ्टको उक्त एल्बममा समावेश गीत ‘फोर्टनाइट’ एकैदिनमा धेरै पटक सुनिने गीत बनेको छ । यो गीतमा स्वीफ्टसँग पोस्ट मेलन पनि फिचर्ड छन् । यो रेकर्ड स्पोटीफाइ यसअघि सन् २०२१ मा रिलिज भएको एडेलको गीत ‘इजी अन मी’ थियो ।

यो एल्बमलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सन् २०२४ कै प्रतीक्षित एल्बमको संज्ञा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?