+
+
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकः :

प्रतिनिधिहरूको सुझाव लिन गोदावरीमा लोकतान्त्रिक भित्तोको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १३:५३

९ वैशाख, काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज दोस्रो दिन पनि जारी छ ।

शनिबार सुरु भएको परिषद् बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज सहभागीहरुले सुझाव राखिरहेका छन् । सहभागीहरुको सुझाव संकलन गर्न बैठकस्थलमा तीन वटा विधि अपनाइएको छ ।

६ समूहमा विभाजित प्रतिनिधिहरुले समूहगत छलफलका क्रममा आफ्नो कुरा राख्ने र लिखित रुपमा सुझाव दिने विधि बैठकस्थलचित्र चलिरहेको छ । यसबाहेक बाहिर पनि सहभागीहरुले आफ्नो सुझाव राख्न पाउने व्यवस्था गरिएको छ ।

जसका लागि ‘लोकतान्त्रिक भित्तो’ बैठकस्थल बाहिर राखिएको छ । त्यो भित्तोमा सहभागीहरुले पार्टीलाई दिन चाहेको सुझाव राख्न सक्नेछन् ।

२०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्व, केन्द्रीय निकायका सदस्य र प्रतिनिधिहरु सामेल परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा अनुशासन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, लेखा परिषद् र निर्वाचन आयोगको प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । यी सबै प्रतिवेदनलाई प्रतिनिधिहरुको सुझाव समेटेर बैठकले आजै पारित गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?