+
+

ओलीको स्वास्थ्यमा समस्या, गाेदावरीको बैठकमा गएनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १४:४५

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा चलिरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए । राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने जानकारी दिएका थिए ।

आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठकबाट बाहिरिएका ओली आज गोदावरी नै गएनन् । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, अध्यक्ष ओलीले निवासमै आराम गरिरहेका छन् । ‘सामान्य रुघाखोकी हो । घरमै आराम गरिरहनुभएको छ’, रिजालले भने ।

अध्यक्ष ओलीले गोदावरीमा जारी बैठकको समापन वरिष्ठ उपाध्यक्ष पोखरेलबाटै हुने सूचना पठाएका छन् । तर, भोलिको हिरक उत्सवमा भने अध्यक्ष ओली गोदावरी जानेछन् ।

एमालेले गोदावरीको सनराइज हलमै भोलि अरु पार्टीका प्रमुखहरुलाई समेत बक्ता बनाएर कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष उत्सव मनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?