+
+

गीतमा प्राकृतिक धुन प्रयोग गरेबापत रोयल्टी तिर्नुपर्ने !

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १७:४८

काठमाडौं । पल म्याकार्टनीले सन् १९६८ मा आफ्नो चर्चित गीत ‘ब्ल्याकबर्ड’लाई अन्तिम रुप दिने उद्देश्यले ‘ईएमआई’ नामक साउण्ड इफेक्ट लाइब्रेरीमा फोन गरे । उनले यो गीतका लागि ‘भोल्युम सेभेन : बर्ड्स अफ फेदर’ नामक सांगीतिक इफेक्ट दिलाइदिन अनुरोध गरे ।

उनको आग्रहअनुसार लाइब्रेरीले मेल ब्ल्याकबर्डको मधुर आवाज भएको इफेक्ट उपलब्ध गरायो । यो आवाज त्यसको तीन वर्षअघि ध्वनि इन्जिनियर स्टुअर्ट एल्थमको बगैंचामा रेकर्ड गरिएको थियो ।

यो ट्रयाक यतिविधि वास्तविक थियो कि प्रशंसकले गायक म्याकार्टनीले यो इफेक्ट उनकै छतमा प्रत्यक्ष रेकर्ड गरेको हुनसक्ने अड्कल काटे । प्रकृतिको आवाजमार्फत संगीतलाई कसरी अघि बढाउन सकिन्छ भन्ने प्रतिनिधिमूलक उदाहरण हो यो । यी आवाज अहिलेसम्म अप्रामाणिक रहँदै आएका छन् ।

विश्व संगीतमा यस्तो एउटा एउटा नयाँ पहल सुरु भएको छ, जसले एप्पल म्युजिक र स्पोटीफाइजस्ता प्रमुख स्ट्रिमिङ प्लेटफर्ममा प्रकृतिलाई आधिकारिक कलाकारको रूपमा मान्यता दिएको देखिनेछ ।

आफ्ना रेकर्डिङमा प्राकृतिक ध्वनि प्रयोग गर्ने कलाकारले अब ‘प्रकृति’लाई विशेष कलाकारको रूपमा सूचीबद्ध गर्नुपर्ने भएको छ । साथै, गीतबाट प्राप्त नाफाको अंश वातावरणीय सुधार र कारणमा खर्च गर्नुपर्ने भएको छ ।

‘यो कलाकारलाई भन्ने शैली हो । हामी सबैले चराचुरुंगी, छाल र हावाका आवाज प्रयोग गर्छौं तर प्रकृतिलाई रोयल्टी तिर्दैनौं,’ डेभिड बोवीको ‘गेट रियल’लाई रिमिक्स गरेका संगीतकर्मी ब्रायन इनो बीबीसीसँग भन्छन् ।

अल्ट–पप स्टार अरोराले पनि आगामी एक गीत ‘अ सोल वि द नो किङ’ रिलिज गर्दैछन्, जहाँ उनको गृहथलो नर्वेमा रहेको रमणीय घना जंगलको आवाज प्रस्तुत गरिएको छ ।

यो पहलको लक्ष्य तत्काललाई माडागास्कर र हिन्द महासागरका टापुमा संरक्षणको प्रयासका साथै गहिरो समुन्द्री उत्खनन् रोक्ने प्रयासतर्फ केन्द्रित हुने जनाइएको छ ।

‘यसरी कलाले मानिसलाई परिवर्तन गर्छ । यसले हामीलाई आकांक्षा दिन्छ, जुन हामीसँग उपलब्ध हुने थिएन,’ अर्का संगीतकर्मी इनोले बीबीसीसँग भने, ‘यदि तपाईं संगीतको सुन्दर टुक्रा सुन्दै हुनुहुन्छ भने तपाईं एक राम्रो संसारको सम्भावना सुन्दै हुनुहुन्छ जुन हामी हुन सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?