९ वैशाख, काठमाडौं । वेस्ट प्वाइन्टले तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा वेस्ट पोइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्यो ।
उपाधि विजेताले ३५ हजार नगद पुरस्कारसहित ८ लाख ४० हजार रुपैयाँको छात्रवृत्ति प्राप्त गरेका छ । उपविजेताले २० हजार नगद पुरस्कारका साथ ५ लाख २५ हजार रुपैयाँको छात्रवृत्ति पायो । सहभागी टिमलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने ब्राइट फ्युचर कलेजका प्लस टु प्रमुख श्यामकृष्ण महर्जनले जनाएका छन् ।
वेस्ट प्वाइन्टका केशरजंग भुजेल उत्कृष्ट खेलाडी चुनिए । जेसिस स्कुलका तोयानाथ भण्डारी उत्कृष्ट गोलरक्षक चुनिए भने वेस्ट प्वाइन्टका सन्देश भण्डारी सर्वाधिक गोलकर्ता बने । कंकाली मावि, नैकापले अनुशासित टिमको उपाधि हात पारेको छ ।
विजेतालाई श्रीलंकाका धर्मपला महाविद्यालयका प्राचार्य पर्सी पीएल परेरा, चन्द्रागिरि नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्कीलगायतले पुरस्कृत गरे ।
प्रतिक्रिया 4