+
+

गोरखामा पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि शल्यक्रिया गरेर निकालियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते ६:५०

१० वैशाख, गोरखा । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ । आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर ती पुरुषको मलद्वारबाट बोत्तल निकालिएको हो ।

‘उहाँको मलद्वारमा एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको रहेछ’, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले भने, ‘अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको रहेछ । करिब ३ घण्टाको अप्रेशन पश्चात बोत्तल निकाल्न सफल भयौं ।’

ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए । ‘बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको रहेछ, हामीले त्यो पनि सफा गरिदियौं’, उनले भने ।

बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा आफूहरुले पनि जानकारी लिइरहेको अस्पतालले जनाएको छ ।

सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् । बिरामीको हाल आइसियु कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?