+

जुनियर एथलेटिक्स टोली दुबई जाँदै

२०८१ वैशाख  १० गते ७:१९ २०८१ वैशाख १० गते ७:१९
जुनियर एथलेटिक्स टोली दुबई जाँदै

१० वैशाख, काठमाडौं । युएईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली सोमबार दुबई जाने भएको छ ।

यही वैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र १ महिला गरी ४ खेलाडीले सहभागी हुने छन् । नेपाली खेलाडीमा पुरुषतर्फ बादल कार्की, आदेशकुमार यादव र अजय विक तथा महिलामा कल्पना बुढा छन् ।

बादलले पुरुष ८०० र १५०० मिटरमा, आदेशकुमारले १०० र २०० मिटरमा तथा अजय विकले १५०० र ३००० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै कल्पना महिला १५०० र ३००० मिटरमा सहभागी हुनेछिन् ।

चारै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गत बिहीबार सम्पन्न १४ औं राष्ट्रपति रनिङ सिल्डका पदक विजेता हुन् । एथलेटिक्सकी मुख्य प्रशिक्षक कान्ती महतो छिन् ।

आइतबार विदाइ कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिए ।

एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय