+
+

चितवनको बंग्याङ खोलामा पुल बन्यो, धाडिङबासीलाई पनि सजिलो

रासस रासस
२०८१ वैशाख १० गते ७:५५

भरतपुर (चितवन), १० वैशाख : चितवनको इच्छाकामना गाउँपालिकाको बंग्याङ खोलामा झोलुंगे पुल बनेको छ । पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ ।

७२ मिटर लामो उक्त पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

गुरुङले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताए । चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । अध्यक्ष गुरुङले भने, ‘पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ।’

पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ ।

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गरे ।

‘तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्’, उनले भने, ‘यहाँको चेपाङ समुदायलाई बर्खामा ४ महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ ।’

२०७८ देखि पुल बनाउन सुरु गरिएको थियो । सो ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ । स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए ।

थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहुँदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने बताइन् । झण्डै ३३ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?