
१० वैशाख, काठमाडौं । गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ४-२ ले पराजित गर्दै महिला फुटबल लिग छनोटमा पहिलो जित हात पारेको छ ।
सुर्खेतको कर्णाली स्टेडियममा आइतबार भएको खेलमा गण्डकीलाई जिताउन संगिता विक र सुक्रिया मियाले २-२ गोल गरे ।
संगिताले खेलको नवौँ र ४७औं मिनेटमा तथा सुक्रियाले २८औं र ७६औं मिनेटमा गोल गरिन् । लुम्बिनीका लागि कप्तान ममता पुनले १७औं र ८३औं मिनेटमा गोल गरेका थिए ।
गण्डकी यसअघि पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ५-१ ले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4