+
+

ऋण निकाल्नका लागि जब महिलाले मरिसकेको पुरुषलाई बैंकमा ल्याइन्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते ११:०५

काठमाडौं । हालै ब्राजिलमा एकजना ४२ वर्षीया महिला पक्राउ परेकी छिन् । उनी पक्राउ पर्नुको कारण थाहा पाउँदा भने अनौठो लाग्छ । उनी एकजना मृतक पुरुषको शवलाई बैंकमा ल्याएर मृतकको नामबाट कर्जा निकाल्ने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन् ।

गत अप्रिल १६ मा राजधानी रियो दी जेनेरियोस्थित बांगुमा रहेको इटाउ उनिबान्चो बैंकको शाखामा ६८ वर्षीय पाउलो रोबर्टो ब्रागा नामका वृद्धलाई १७ हजार ब्राजिलियन डलर (करीब ४ लाख २५ हजार रुपैयाँ) कर्जा लिनका लागि सघाउन भन्दै एरिका डी सोझा भिरा नन्स नामकी ती महिला आएकी थिइन् ।

ती वृद्ध पुरुष ह्विलचेयरमा थिए र महिलाले आफ्नो वृद्धको भतिजीका साथै हेरचाह गर्ने मुख्य व्यक्ति भएको दाबी गरेकी थिइन् ।

तर बैंकका कर्मचारीले भने ब्रागा नामका ती पुरुषको अवस्थाप्रति तत्कालै गम्भीर आशंका गरे । किनकि ती महिलाले वृद्धको टाउको समेत हातले अठ्याइदिनु परिरहेको थियो । साथै वृद्धको जिउमा प्राण भएको कुनै संकेत देखिँदैनथ्यो । तर महिलाले भने ती वृद्ध स्वभावै शान्त प्रकृतिको रहेको जिकिर गर्न थालिन् । अझ उनले वृद्धसँग चिच्याउँदै बोलेर कुरा गर्ने कोसिस पनि गरिरहेकी थिइन्, देखावटीका लागि ।

उनले भनिरहेकी थिइन्– काका, सुनिरहनुभएको छ ? तपाईंले दस्तखत गर्नुपर्यो । दस्तखत गर्नुभएन भने त केही काम हुँदैन त । मैले तपाईंको लागि दस्तखत गरिदिन मिल्दैन । मैले जे गर्न मिल्छ त्यो मात्रै गर्छु । कागजातमा जस्तै यहाँ दस्तखत गर्नुस् त । मेरो टाउको नदुखाउनुस् त ।

त्यहीबेला बैंकका एकजना कर्मचारीले वृद्धको अवस्था ठीक नभएको भनिरहेको सुनिन्छ भने अर्का एक कर्मचारीले त्यो दृश्य रेकर्ड गरिरहेका छन् । तर ती महिलाले भने आफ्ना ती कथित काका ठीक रहेको र केवल थोरै शान्त रहेको दाबी गर्छिन् । त्यति बेलासम्म बैंकका कर्मचारीहरुले आकस्मिक सेवा र प्रहरीलाई खबर गरिसकेका हुन्छन् ।

प्रहरीले वृद्ध तथा ती महिला दुवैलाई नियन्त्रणमा लिन्छ । पछि वृद्धको शरीर जाँच गर्दा बैंकमा ल्याउनुभन्दा केही घण्टाअघि नै उनको मृत्यु भैसकेको पुष्टि भयो । ती महिलामाथि शवको अपमान गरेको र ठगीको कोसिस गरेको अभियोग लागेको छ ।

उता ती महिलाका वकिलले भने महिला ती वृद्धकी भतिजी रहेको र उनका काका बैंकमा आउनुअघि सम्म जीवितै रहेको दाबी गरेका छन् । प्रहरीले भने मृतक वृद्धको नामबाट कर्जा लिएर ठगी गर्नका लागि ती महिलाले शवलाई लिएर बैंकमा गएको र उनी ती वृद्धको नजिकको भतिजी पनि नरहेको दाबी गरेको छ । यो विषयमा अनुसन्धान भैरहेको छ ।

–  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?