+
+

मुन्दुम पदयात्रामा पूर्व पर्यटनमन्त्री किराँती

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १२:३०

१० वैशाख, काठमाडौं । पूर्व पर्यटनमन्त्री सुदन किराँती मुन्दुम पदयात्रा मार्गको पदयात्रामा निस्किएका छन् ।

२ वैशाखमा खोटाङबाट पार्टी नेता कार्यकर्तासँग भेटघाटमा निस्किएका मन्त्री किराँतीले ५ दिन मुन्दुम पदयात्रा गरेका हुन् ।

यात्राका क्रममा सोलुखुम्बु, संखुवासभा र भोजपुरको संगमस्थलका रुपमा अवस्थित ४,३५५ मिटर उचाइको सिलिचुङ पहाड पनि चढेका छन् ।

सोही स्थानमा आयोजित किरात राईहरुको पुर्खा सुम्निमा र पारुहाङको प्रतिमा अनावरण समेत किराँतीले गरेका थिए ।

अहिले भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित विभिन्न गाउँहरुमा जनयुद्धका शहीद परिवार र घाइतेहरूसँग भेटघाट गरेका छन् । उनले यो यात्रा वशन्त यामभर चलाउने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?