+
+

यस्तो छ दीपिका पादुकोणको ‘लेडी सिंघम’ अवतार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १२:३४

काठमाडौं । बलिउड फिल्ममेकर रोहित शेट्टीले ‘पुलिस–ब्रह्माण्ड’को आगामी फिल्म ‘सिंघम अगेन’बाट अभिनेत्री दीपिका पादुकोणको लुक्स सार्वजनिक गरेका छन् । दीपिकालाई कप–युनिभर्सकी ‘लेडी सिंघम’को अवतारमा देख्न सकिन्छ ।

‘मेरो हिरो’ भन्दै निर्देशक शेट्टीले दीपिकाको एक्सन अवतार बाहिर ल्याएका हुन् । वास्तविक जीवनमा सन्तान जन्माउने तर्खरमा रहेकी दीपिका फोटोमा भारतीय प्रहरीको पोशाकमा देखिएकी छन् ।

फोटोको महत्वपूर्ण पक्ष के हो भने ‘सिंघम’को हुक–स्टेपलाई पुनर्सिर्जना गरिएको छ । दीपिकाको फोटो सेयर गर्दै रोहित लेख्छन्, ‘मेरो हिरो रिलमा पनि र वास्तविकतामा पनि । लेडी सिंघम ।’

अभिनेत्रीको क्यारेक्टर लुक्स चाहिं गत वर्ष नै सार्वजनिक गरिएको थियो । त्यतिबेला पनि रोहितले दीपिकाको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै लेखेका थिए, ‘नारी सीताको पनि रुप हुन् र दुर्गाको पनि ।’

यो फिल्मलाई महिला प्रधान ‘कप–भर्स’ हुने भनिएको छ । भारतीय फिल्ममा पछिल्लो समय कप युनिभर्सको शैलीमा फिल्म निर्माणको ट्रेन्डको सुरुवात भएको छ, त्यो शैलीलाई पछ्याउँदै रोहितले कप–युनिभर्स निर्माण गर्न लागेका हुन् ।

‘सिंघम अगेन’मा अजय देवगण, करिना कपुर, अर्जुन कपुर, अक्षय कुमार, टाइगर श्राफ र रणवीर सिंह पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?