
१० वैशाख, काठमाडौ । अनशनरत रूसी सेनामा कार्यरत नेपालीका आफन्तीहरुले रुसको दूतावास नजिकै सामूहिक अनशन बसेका छन् ।
रुसमा रहेका नागरिकको जीवन रक्षाको माग गर्दै परिवार र आफन्तीहरुले सोमबार बालुवाटारस्थित रुसको राजदूतावास नजिकै सामूहिक अनसन बसेका हुन् ।
परिवारहरुले दूतावासअघि अनशन बस्न खोजे पनि रोक लगाइएको थियो । त्यसपछी उनीहरु दूतावासको नजिकै बसेका हुन् ।
उनीहरुले रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रूसी सेनामा भर्ती भएकाहरु र युक्रेनको कब्जामा रहेकाहरुको सकुशल उद्धारको माग राख्दै प्लेकार्ड प्रदशन गरेका छन् ।
उनीहरुले शुक्रबार दिउँसो माइतीघर मण्डलादेखि अनशनमा सुरू गरेर भृकुटीमण्डपमा बसिरहेका छन् ।
हेर्नुहोस् थप तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4