+

अग्रता जोगाउन नसक्दा बागमती स्वयम्भूसँग बराबरीमा रोकियो

२०८१ वैशाख  १० गते १७:४७ २०८१ वैशाख १० गते १७:४७
अग्रता जोगाउन नसक्दा बागमती स्वयम्भूसँग बराबरीमा रोकियो

१० वैशाख, काठमाडौं । बागमती युथ क्लबले सुरुवाती अग्रता जोगाउन नसक्दा शहीद स्मारक सी डिभिजन लिगमा सोमबार स्वयम्भु क्लबसँग १-१ को बराबरी खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा राज भुसालले ४१औं मिनेटमा गोल गर्दै बागमतीलाई पहिले अग्रता दिलाएका थिए । तर स्वयम्भुले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।

स्वयम्भुका लागि रन्जन पुनले ७६औं मिनेटमा बराबरी गोल गरेका थिए ।

लिगमा उपाधि दाबेदार मानिएको बागमतीको यो पहिलो बराबरी हो । चार खेल खेल्दा २ जित १ बराबरी र १ हारको नतिजा निकालेको बागमती ७ अंकसहित तेस्रो स्थानमे कायम छ ।

दोस्रो बराबरी खेलेको स्वयम्भुको चार खेलबाट २ अंक छ र १२ औं स्थानमै छ ।

फुटबल सी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय