+
+

नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १७:५१

१९ वैशाख, काठमाडौं । रोजगारीका लागि अनलाइनबाटै मेडिकल जाँच भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ घर भई काठमाडौं बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले गत शनिबार पक्राउ गरेको हो ।

पाथीभरा माता नाम गरेको फेक फेसबुक आईडी बनाएर रोजगारीका विभिन्न प्रस्तावहरु समेत प्रचार गरी अनलाइनबाटै फिजिकल फिटनेस जाँच्ने भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोप अधिकारीमाथि छ ।

पक्राउ परेका अधिकारीविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?