
१० वैशाख, काठमाडौं । महोत्तरीको बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4