+
+

एमाले कांग्रेसको भाइ बन्न खोज्दैछ : मोहन वैद्य

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १८:४०

१० वैशाख, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा एमाले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती मनाएको टिप्पणी गरेका छन् ।

सोमबार १५५ औं लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको कार्यक्रममा उनले एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर ‘प्रतिक्रियावादी राज्यसत्ता’ र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको टिप्पणी गरे ।

‘त्यो जयन्तीको उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने । दाइ कांग्रेस त छदैछ, गतिलो भाइ कांग्रेस बन्ने । यो उद्देश्यमा आधारित छ’, उनले भने ।

उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताए ।

‘आज सत्तामा कम्युनिस्टहरु छैनन् । तर प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिस्टहरु छ, सरकारमा कम्युनिस्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाइ के हो भने ती कम्युनिस्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवादी धार हो’, वैद्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?