+
+

कनेक्ट आईपीएसबाट विद्यालयमा शुल्क तिर्दा छात्रवृत्ति पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १८:५१

काठमाडौं । कनेक्ट आईपीएसले विद्यालयको शुल्क भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ ।

अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ति रकम प्राप्त गर्न सक्नेछन् ।

यो अफर कनेक्ट आईपीएसबाट ३१ वैशाखसम्म अनलाइनमार्फत शुल्क भुक्तानी गर्दा लागु हुनेछ ।

अफरको अन्त्यपछि कनेक्ट आईपीएसको आधिकारिक वेबसाइटमा बिजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने छ ।

अभिभावक तथा विद्यार्थीलाई कनेक्ट आईपीएस मार्फत अनलाइनमार्फत शुल्क भुक्तानी गर्न निकै सहज हुने विश्वास कनेक्ट आईपीएसले गरेको छ ।

कनेक्ट आईपीएसबाट ७०० भन्दा बढी विद्यालयहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

भुक्तानीकर्ताले कनेक्ट आईपीएसको वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्ट अन्तर्गत एजुकेसनल इन्स्टिच्युसनमा क्लिक गरी स्कुल अप्सनबाट विद्यालय छनोट गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्ने कनेक्ट आईपीएसले जनाएको छ ।

शैक्षिक संस्थाहरूले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपीएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्दछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्थासँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?