+
+

नेपाल भ्रमणका लागि बार्सिलोनामा रहेका नेपालीले बाँडे निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते २०:२५

काठमाडौं ।  नेपाल भ्रमणका लागि स्पेनमा रहेका नेपालीहरूले निम्तो बाँडेका छन् ।

बार्सिलोनास्थित साग्रदा फामिलिया अगाडि नेपाली जनप्रगतिशील मञ्च स्पेनले सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै नेपाल भ्रमणका लागि निम्तो बाँडेका हुन् ।

चितवनको भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष’ अभियान सञ्चालन गरिरहेको अवस्थामा बार्सिलोनामा रहेका नेपालीहरूले नेपाल भ्रमणका लागि निम्तो बाँडेका हुन् ।

४ सय बढी विदेशी पर्यटकलाई नेपाल भ्रमणको बारे जानकारी  हस्तान्तरण गर्दै गन्तव्यबारे सूचना दिइएको मञ्चले जनाएको छ ।

नेपालका गन्तव्यसम्बन्धी प्रचार सामग्री, नेपाली झन्डा, पोस्टर, लोगो, पम्पलेट, भिजिट नेपाल लेखेका टिसर्ट, नेपाली ढाका टोपी सहितका स्टल रहेका कार्यक्रममा करिब १० हजार पर्यटकले अवलोकन गरेका थिए ।

नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुति गरिएको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?