+

इन्टरले जित्यो इटालियन सिरी ए को उपाधि

२०८१ वैशाख  ११ गते ७:१५ २०८१ वैशाख ११ गते ७:१५
इन्टरले जित्यो इटालियन सिरी ए को उपाधि

११ वैशाख, काठमाडौं । इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी ए को उपाधि जितेको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर २०औं पटक लिग च्याम्पियन बनेको हो ।

सर्वाधिक लिग जितमा इन्टर दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक लिग जितेको छ । एसी मिलानले १९ पटक लिग जितेको छ ।

एसी मिलान विरूद्धको जितपछि इन्टरको ३३ खेलबाट ८६ अंक भएको छ । समान खेलबाट एसीमिलान ६९ अंकसहित दोस्रो स्थानमा छ ।

अब लिगमा १५ अंकको मात्र खेल बाँकी हुँदा एसी मिलान भन्दा इन्टर १७ अंकले अघि छ ।

इन्टरको लागि फ्रान्सेस्को असेर्बीले १८औं र मार्कुस थुरामले ४९औं मिनेटमा गोल गरे ।

एसी मिलानका लागि फिकायो तोमोरीले ८०औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । इन्जुरी टाइममा इन्टरका डेन्जल ममफ्राइस तथा एसी मिलानका थियो हर्नान्डेज र डेविढ कालाब्रिअले रातो कार्ड पाएका थिए ।

इटालियन सिरी ए इन्टर मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय