+
+

पहिले नोक्सानीमा रहेको गुराँस लघुवित्त नाफामा, निष्क्रिय कर्जामा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते ९:००

११ वैशाख, काठमाडौं । गुराँस लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड २४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनी ५४ लाख ९१ हजार नोक्सानीमा थियो ।

कम्पनीको खुद ब्याज आम्दानी उच्च दरले बढ्नु र कर्जा असुलीमा आएको सुधारले ‘लोन लस प्रोभिजन’ रकम फिर्ता ल्याएसँगै नाफामा उच्च वृद्धि देखिएका हो । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, गत आर्थिक वर्षको यस अवधिमा ३ करोड ४० लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीले लोन लस प्रोभिजनका लागि छुट्याएको ५९ लाख रुपैयाँ फिर्ता लिएको छ, जसले गर्दा नाफामा उच्च वृद्धि देखिन पुगेको छ ।

निष्क्रिय कर्जामा पनि सुधार देखिएको छ । पहिले कुल कर्जामा निष्क्रिय कर्जाको अंश ६.८९ प्रतिशत रहेकोमा अहिले २.६९ प्रतिशतमा झरेको छ । कम्पनीको आधार दर १३.९९ प्रतिशत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?