
११ वैशाख, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ सिदुङखा र हाडीखोलाका अग्नि पीडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गरेका छन् । यसै क्रममा नेपाल निजामती कर्मचारी संगठन गुल्मी अग्नि पीडितहरुका लागि सामग्री र औषधि सहयोग गरेको छ ।
संगठनका सदस्यहरुबाट रकम संकलन गरेर अग्नि पीडितहरुका लागि गार्गी, जग र औषधि प्रदान गरेका हुन् । पीडितहरुको आबश्यकताको आधारमा सामग्री प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताए ।
उनले समाजमा घट्ने कुनैपनि विपत्तिहरुमा पीडितहरुलाई विभिन्न खालका सहयोग गर्दै आएको बताए । निजामती कर्मचारी संगठन गुल्मीले सिदुङखा र हाडीखोलाका अग्नि पीडितहरुका लागि १७ वटा गार्गी, जग र औषधि प्रदान गरेको हो ।
समाजमा कुनैपनि विपदका घटनाहरुमा एकले अर्कोलाई सहयोग भाइचाराको सम्बन्ध रहनुपर्छ भन्ने मान्यताले सहयोग गरिएको नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश इन्चार्ज दधिराज मरासिनीले बताए । अग्नि पीडितहरुका लागि सानो सहयोग गरेर दुखःमा मलम लगाउने काम कर्मचारीले गरेको उनले बताए ।
निजामती कर्मचारी संगठन नागरिकका हरेक सुख दुखःमा सँगसागै रहेको मरासिनीले बताए । आगोलागीले क्षतीग्रस्त बनेको स्थलममा घरबार बिहिन भएर खुल्ला आकाशमुनी बस्दै आएका नागरिकहरुसँगै कर्मचारीहरु पनि दुखःमा सँगै छौं भन्ने मान्यताले सहयोग गरिएको प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारी बताए ।
कुनै पनि नेपालीलाई चोट पर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ भन्ने मान्यताले सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । आगोलागीले क्षतीग्रस्त बनेको स्थलमा राहत र उद्धारमा जुटेका छन् ।
गर्मी र सुख्खायाम शुरु भएसँगै आगोलागीका घटनाहरु दैनिक जसो बढ्दै गएका छन् । गत वैशाख ८ गते शनिबार स्थानीय सामुदायिक बनमा लागेको आगो एक्कासी बस्तीमा पस्दा ठूलो क्षती पुगेको छ ।
आगोलागीबाट एउटै गाउँ सिदुङखामा ११ वटा र हाडीखोलामा ६ वटा गरि १७ वटा घर जलेर नष्ट भएका छन् । आगोलागीमा १९ वटा बंगाला, २३ वटा बाख्रा, ७ वटा भैँसी, १ वटा पाडो, २ वटा कुटानी पिसानी मिल, २ वटा किराना पसल जलेर नष्ट भएका हुन् ।
आगोलागीले धेरै क्षती भएको स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले जलेका घरहरुको संरचना पुन्छ्याउने र मरेका पशु पंक्षीलाई व्यवस्थापन गर्ने कार्य गरेका छन् । आगोलागी प्रभावित नागरिकहरुको स्वास्थ्य परीक्षणका लागी स्वास्थ्यकर्मी खटिएका छन् ।
आगोलागी प्रभावित क्षेत्रमा खानेपानी विद्युतको सम्पर्क टुटेको थियो । अहिले प्रभावित क्षेत्रमा खानेपानी मर्मतको काम सम्पन्न भएको छ । विद्युत सञ्चालन गर्नका लागि काम भइरहेको छ ।
त्यस्तै विभिन्न संघ संस्थाले प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री पुर्याउने काम गरेका छन् । गुल्मी उद्योग वाणिज्य संघ, रक्तदाता स्वयसेवी समाज, कपडा तथा फेन्सी व्यवसायी समिति गुल्मी लगायत अरु धेरै संघसंथाले सहयोग गरेका छन् ।
त्यस्तै तम्घास निवासी एक जना एग्रोभेट सञ्चालक महेन्द्र पोखरेलले कमैको बीउ प्रदान गरेका छन् । आगोलागीले मकै छर्ने समयमा बीउ पनि जलेर सखाप भएका नागरिकको सहयोगका लागि प्रदान गरेका छन् ।
प्रतिक्रिया 4