
११ वैशाख, काठमाडौं । देशभरका फुड सप्लिमेन्ट एवम् कस्मास्यिुटकल्स व्यवसायीहरूको केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुनः सुरेन्द्र मानन्धरलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष शम्भू यादव, उपाध्यक्षमा भीम विष्ट, दिपेशजंग शाह महासचिव गौरव श्रेष्ठ चयन भएका छन् ।
सचिवमा गौरव बर्मा, गोपालबहादुर जिसी, कोषाध्यक्षमा प्रदीप महतो, सहकोषाध्यक्षमा रामदिन तेली र सदस्यहरूमा प्रतीक शाही, वीरेन्द्र पटेल, विन्देश्वरप्रसाद पाण्डे, विनायकराज पाण्डे, भुवनप्रसाद जोशी, सुवर्ण पोखरेल चयन भएका छन् । बाँकी दुई सदस्य भने अध्यक्षले पछि मनोनीत गर्ने जनाइएको छ ।
महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद तथा पूर्ववन तथा वातावरण मन्त्री प्रदीप यादवले संस्थाका लागि आवश्यक कानूनी जटिलता अन्त्य गर्न आफूले कुनै कसुर बाँकी नराख्ने गरी अघि बढ्ने बताए ।
प्रतिक्रिया 4