+

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

२०८१ वैशाख  १२ गते ८:३० २०८१ वैशाख १२ गते ८:३०
भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ । रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । साथै रगतमा खराब कोलेस्टेरोल बढ्न नदिई राम्रो कोलस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मानव शरीरका लागि यो भिटामिन अत्यन्त आवश्यक छ ।

भिटामिन दुई प्रकारका हुन्छन्- पानी घुलनशील र बोसो घुलनशील । पानी घुलनशीलमा भिटामिन बी वान, भिटामिन बी कम्प्लेक्स र भिटामिन सी पर्छ । तर भिटामिन ई चाहिं बोसोमा घुलनशील भिटामिन हो । यो नियमित दैनिक खानपानमा समावेश गर्नुपर्छ ।

कति चाहिन्छ शरीरलाई ?

मान्छेअनुसार यसको आवश्यकता भिन्नाभिन्नै हुन्छ । यसको आवश्यकता उमेरमा भर पर्छ । नवजात शिशुदेखि किशोरावस्थासम्म दैनिक ४ मिलिग्रामदेखि ११ मिलिग्रामसम्म आवश्यक हुन्छ भने वयस्कलाई दैनिक १० देखि १५ मिलिग्राम भिटामिन आवश्यक हुन्छ । त्यस्तै गर्भवती महिलालाई दैनिक सामान्य व्यक्तिलाई भन्दा ५-६ मिलिग्राम बढी चाहिन्छ ।

औसतमा २० देखि ३० मिलिग्रामसम्म आवश्यक हुन्छ । त्यस्तै गर्भावस्था, स्तनपान गराउने महिला र बिरामीहरुमा यसको मात्रालाई बढाउन र कम गर्न सकिन्छ ।

केमा पाइन्छ ?

भिटामिन ई ड्राइफ्रुट्स, बदाम, ओखर, सूर्यमुखीको बीउ, सागपात, तोरी, जैतुन, तिल आदिबाट प्राप्त हुन्छ ।

भिटामिन ई अभाव भएमा के हुन्छ ?

शरीरमा भिटामिन ईको कमी भएमा आँखा कमजोर हुने, आँखा तिर्मिराउने, हिंड्दा खुट्टा लर्बराउने, शरीर कमजोर महसुस हुने, मासंपेशीहरु कमजोर हुने, शरीर हलचल गर्न गाह्रोजस्ता समस्या हुनसक्छ ।

कसरी परिपूर्ति गर्ने ?

भिटामिन ई खानपानबाट प्राप्त गर्न सकिन्छ । तोरीको तेल, बदाम, तिल, जैतुन आदिबाट यो भिटामिन प्राप्त हुनसक्छ । त्यसैले नियमितरुपमा खानामा तेल प्रयोग गर्नुपर्छ । तर कहिलेकाहीं भिटामिन ईको कमी भएमा परिपूरकका रुपमा खान सकिन्छ । तर चिकित्सकलाई जाँच गराएर मात्र खानुपर्ने हुन्छ, नत्र यसले फाइदाको सट्टा बेफाइदा गर्न सक्छ । भिटामिन ईको कमी दुर्लभ रुपमा मात्र हुन्छ । शरीरमा यसको अभाव एकदम न्यून भेटिन्छ ।

कसले खानुहुँदैन ?

पेटसम्बन्धी समस्या, मुटुको समस्या, रगतसम्बन्धी समस्या, कलेजोको समस्या भएका व्यक्तिलाई भिटामिन ई दिनुहुँदैन कि खानुहुँदैन । रगत पातलो गर्ने औषधि सेवन गरिरहेका व्यक्तिले यसले झन् स्वास्थ्यमा समस्या हुनसक्छ । किनभने रगत यसको अत्यधिक सेवनले रक्तस्रावको खतरा बढ्छ । त्यसैले गर्भवती महिलाले भिटामिन ईको सेवन कम गर्नुपर्छ । किनभने यसले गर्दा गर्भपतन हुने सम्भावना बढी हुन्छ ।

भिटामिन ईका फाइदा

भिटामिन ईले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ईले छालालाई सुक्खा, चाउरीपन र सूर्यको विकिरणबाट जोगाउँछ । साथै समयअगावै देखिने चाउरीपनको समस्याबाट टाढा राख्छ ।

भिटामिन ईले रातो रक्त कोषिकाको निर्माणमा सहयोग गर्छ । जसकारण मुटुरोगका जोखिम कम गराउँछ । त्यस्तै महिनावारीबाट हुने दुखाइबाट टाढा राख्न मद्दत गर्छ । स्ट्रोक अर्थात् मस्तिष्कघात र क्यान्सर जस्ता दीर्घकालीन रोगबाट जोगाउँछ ।

भिटामिन ‘ई’ स्वास्थ्य
कल्पना राजवंशी
लेखक
कल्पना राजवंशी
पोषणविद्

राजवंशी पोषणविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?