+
+

नयाँ फिल्म ‘किङ’मा डनको रोलमा देखिँदै शाहरुख, छोरी सुहानाको हुनेछ डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १८:०७

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आगामी फिल्म ‘किङ’मा छोरी सुहानासँग देखिँदैछन् । यो एक्सन-थ्रीलर फिल्ममा बाउछोरीले पहिलोपटक स्क्रिन सेयर गर्न लागेको पिंकभिल्लाले जनाएको छ ।

यो फिल्मलाई सुजोए घोषले निर्देशन गर्नेछन् भने सिद्धार्थ आनन्दसँग मिलेर गौरी खानले निर्माण गर्दैछिन् । यो फिल्ममा शाहरुखलाई पुरै एक्सन-प्याक्ड भूमिकामा देख्न सकिनेछ ।

यो फिल्ममा शाहरुखको भूमिकालाई लिएर मंगलबार नयाँ खबर आएको छ । यो फिल्ममा उनले डनको भूमिका निर्वाह गर्नेछन् । चरित्र पनि ‘ग्रे सेड’को हुने समाचारमा जनाइएको छ ।

‘शाहरुख खान दर्शकका लागि फिल्म बनाइरहेका छन् र उनीहरु आफूलाई ग्रे सेडमा हेर्न चाहन्छन् भन्ने कुरा शाहरुखलाई थाहा छ । यो उनको महत्वाकाङ्क्षी प्रोजेक्ट हो । हुनसक्छ यही कारण उनी सुजोए घोष र सिद्धार्थ आनन्दसँग सावधानीपूर्वक काम गरिरहेका छन्’ स्रोतले भन्यो ।

यो फिल्ममा शाहरुख लामो कपाल र दाह्रीको साथ देखिनेछन् । यसवर्षको सेप्टेम्बरमा फिल्मको छायांकन सुरु हुँदासम्म शाहरुखले प्रशंसकलाई नयाँ लुकसहित सरप्राइज दिनसक्छन् ।

‘क्यारेक्टर डिजाइन गरिसकिएको छ र सिद्धार्थ आनन्दले एक्सन कोरियोग्राफीका लागि अन्तर्राष्ट्रिय स्टन्ट कोरियोग्राफरसँग काम गरिरहेका छन्’ स्रोतले थप्यो, ‘सुजोएले अर्कोतिर संवादको खाका तयार पार्दैछन् । शाहरुख स्वयमले भने सुहानासँग नयाँ शैलीको एक्सनजस्ता रचनात्मक पक्षमा काम गरिरहेका छन् ।’

यो फिल्म ‘किङ’लाई द्रुत-गतिको एक्सन थ्रीलर फिल्म बताइएको छ जसले गुरु र शिष्यको यात्रालाई वर्णन गर्दछ । सबै बाधाविरुद्ध उनीहरु संघर्ष गर्छन् । यो फिल्मबाट शाहरुखकी छोरी सुहानाले डेब्यु गर्दैछिन् । यो फिल्ममा उनले राजाकी शिष्यको भूमिका निर्वाह गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?