+
+

इलाममा भारतले आज र नेपालले भोलिदेखि सीमा सिल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १८:५१

११ वैशाख, इलाम । भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द गरिएको छ । मंगलबार साँझ ६ः १५ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि भारतीय पक्षले बोर्डर सिल गरेको हो ।

पश्चिम बंगाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते हुने लोकसभा चुनावलाई लक्षित गर्दै सीमा नाका सिल गरिएको हो । इलामको सन्दकपुर, कालपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरु सिल भएको छ ।

भारतको पश्चिम बंगाल राज्यमा ७ देखि १९ वैशाखसम्म लोकसभाको निर्वाचन ७ चरणमा भइरहेको छ ।

यता नेपालमा इलाम २ मा १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले बुधबार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र सिल गर्ने भएको छ ।

विगतको अभ्यास झैं सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन सुरक्षा योजना अन्तर्गत सीमा नाका सिल गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

इलाम २ का कुनैपनि क्षेत्रले भारतीय सीमा भने छुदैन । भारतीय एसएसबी, बंगाल प्रहरी र भारतीय सीमा सुरक्षा प्रशासनसँग दुवै पक्षको निर्वाचन सुरक्षित बनाउन निरन्तर दोहोरो छलफल भइरहेको पशुपतिनगर इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले  अनलाइनखबरलाई जानकारी दिए ।

यी दुई निर्वाचनका कारण सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सतर्कता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?