+
+

महिला भलिबलमा आर्मी र साविक विजेता न्यू डायमण्ड भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १९:३३

११ वैशाख, काठमाडौं । सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल आर्मी र साविक विजेता न्यू डायमण्डबीच हुने भएको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदै छ । बुधबार २ खेल हुनेछ । अर्को खेलमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्ने छन् ।

प्रतियोगितामा यीनै ४ टिमको सहभागिता रहने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा हरने टिम फाइनलमा प्रवेश गर्ने छन् ।

प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?