+
+

झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

रासस रासस
२०८१ वैशाख १२ गते ९:००

१२ वैशाख, झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान मोटरसाइकल र जिप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?