+
+

इस्माका अग्निपीडितलाई मकै र काँक्राको बीउ प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १४:१३

१२ वैशाख, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाका अग्निपीडितलाई मकै र काँक्राको बीउ सहयोग गरिएको छ । तम्घास निवासी ‘गाउँले किसान भेट’का सञ्चालक महेन्द्र पोखरेलले मनकामना जातको मकै र काँक्राको बीउ प्रदान गरेका हुन् ।

आगलागीले मकै छर्ने समयमा बीउ जलेर सखाप भएपछि पोखरेलले २६ जना अग्निपीडितलाई बिउ सहयोग गरेका हुन् । ८ वैशाखमा सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा लाखौंको क्षति भएको छ ।

वडा नम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडा नम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडा नम्बर–६ को बुल्ममा आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् । ५६ पशुचौपाय जलेका छन् । एउटा ट्याक्टरमा आगलागी हुँदा २ जना व्यक्ति घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?