+
+

के-पप ब्याण्ड बीटीएसको सम्मानमा दक्षिण कोरियाले राख्यो नयाँ स्याटलाइटको नाम

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १४:२०

काठमाडौं । दक्षिण कोरियाली के–पप ब्याण्ड बीटीएस अब पृथ्वीमा मात्र होइन, ब्रह्माण्डमै गुञ्जिने देखिएको छ । जनवरीमा अमेरिकी अन्तरीक्ष नियोग नासाले ब्याण्डका तीन गीतलाई अन्तरीक्षमा गुञ्जाउने घोषणा गरेको छ ।

पहिलोपटक चन्द्रमामा मानवसहितको उडान भरेको ‘अपोलो ११’ यान प्रक्षेपण भएको ५० औं वर्षगाँठको सम्झनामा नासाले ब्याण्डका तीन गीत छनोट गरेको थियो । जसअनुसार ब्याण्डका एक सदस्य आरएम चन्द्रमा मिसनमा गुञ्जिने गीतका एक्ला कलाकार घोषित भए ।

यसैबीच, दक्षिण कोरिया सरकारले चाँडै प्रक्षेपण गर्न लागेको नयाँ भू-उपग्रहको नाम ‘बीटीएस’ ब्याण्डबाट राखेको छ । दक्षिण कोरियाली समाचार संस्था केबीएस न्युजका अनुसार यो स्याटलाइटलाई अमेरिकी अन्तरीक्ष संस्था रकेट ल्याब यूएसएले प्रक्षेपण गर्दैछ ।

बीटीएस अन्तरीक्ष र ब्रह्माण्ड थिममा कम्पोज गरिएका गीतको कारणले पनि चर्चित छ । १३४३४०, मिक्रोकोजमस, माइ युनिभर्स, एस्ट्रोनट एण्ड द मुन रुचाइएका गीत हुन् । संगीतकर्मीलाई प्रवर्द्धन गर्न दक्षिण कोरिया सरकारले गरेको यो पहलकदमीलाई बीटीएसका फ्यानले प्रशंसा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?