+
+

‘बोक्सीको घर’लाई हलले दिए उच्च शो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १६:४८

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले देशव्यापी उत्साहजनक शो प्राप्त गरेको छ । बुधबारदेखि फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको छ ।

क्यूएफएक्सले सुलक्षण भारतीय निर्देशित सोसल-ड्रामा ‘बोक्सीको घर’लाई शुक्रबारका लागि देशभरका चेनमा ५६ शो प्रदान गरेको छ । आईएनआईले १० पर्दामा ३० शो दिएको छ ।

वान सिनेमाजले १० शो दिएको छ भने बिग मुभिज र विश्वज्योतिले ५–५, रञ्जनाले ९ शो दिएका छन् । यो फिल्मले यतिविधि राम्रो शो पाउनुमा ट्रेलर र गीतको हाइपलाई प्रमुख कारण मानिएको छ ।

यसको गीत र ट्रेलर पछिल्लो समय चर्चामा छन् । यसबाहेक नेपाली समाजको वास्तविक घटनाक्रम समेटिएकाले पनि यसको प्रभाव शो वितरणमा परेको देखिन्छ । शुक्रबार बलिउड फिल्म ‘रुस्लान’ पनि प्रदर्शन हुँदैछ र यसको शो पनि प्रकाशित छ । यी दुईमा ‘बोक्सीको घर’को शो संख्या प्रभावशाली देखिन्छ ।

केकी अधिकारी फिल्म्सले निर्माण गरेको ‘बोक्सीको घर’ले कथित बोक्सी कुप्रथामार्फत महिलामाथि हुने अत्याचार र भ्रमित मनोविज्ञानको कथा भन्छ । शो संख्या उत्कृष्ट भएपनि अब यो फिल्मको चुनौती दर्शकलाई हलसम्म कसरी तान्ने भन्नेमा निर्भर हुनेछ ।

यसका लागि फिल्मलाई बलियो ‘वर्ड अफ माउथ’को मद्दत चाहिन्छ । पछिल्लो समय नेपाली दर्शकले हरर–थ्रिलर टाइपका सोसल–ड्रामा हेर्न नपाइरहेको बेला ‘बोक्सीको घर’ रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?