+
+

सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’ क्यानडाको हट-डक्समा वर्ल्ड प्रिमियर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १६:५८

काठमाडौं । पत्रकार सुविना श्रेष्ठ निर्देशित वृत्तचित्र ‘देवी’ क्यानडाको हट–डक्स अन्तर्राष्ट्रिय डकुमेन्ट्री फेस्टिभलमा छनोट भएको छ । क्यानडाको स्थानीय समयानुसार यो फिल्म २८ अप्रिल र मे १ मा वर्ल्ड प्रिमियर हुनेछ ।

८० मिनेटको वृत्तचित्रले युद्धकालमा बलात्कारको सिकार भएका महिलाको न्यायका लागि माओवादी नेतृ देवी खड्काले गरेको संघर्ष र त्यसमा आउने उतारचढावलाई प्रस्तुत गर्छ ।

सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा नेतृ खड्का १७ वर्षको उमेरमा पक्राउ परेकी थिइन् । माओवादीको अभियोगमा आफूलाई यातना दिइइएको र हिरासतमा बलात्कार गरेको विवरण उनले डकुमेन्ट्रीमा बताएकी छन् । अवसाद र सामाजिक तिरस्कारको सिकार भएकी खड्का त्यसपछि विद्रोहमा होमिइन् ।

उनी माओवादीबाट सांसद समेत बनिन् । निर्देशक श्रेष्ठले यी पात्रमार्फत सशस्त्र युद्धमा बलात्कृत भएर बाँचेकाको मर्मस्पर्शी कथा देखाउँछ । यो फिल्मले एउटा अभियान सिर्जना गर्न सहयोग गर्ने अपेक्षा निर्देशक श्रेष्ठले लिएकी छन् ।

यो फिल्म क्यानडामा वर्ल्ड प्रिमियरपछि न्युजिल्याण्डको डकुमेन्ट्री फेस्टिभलमा एसिया प्रिमियर हुने जनाइएको छ । रोजी गर्थवेटले यो फिल्म निर्माण गरेकी हुन् । फिल्मको नेपाल स्क्रिनिङबारे तत्काल निधो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?