+
+

बागमतीका सरकारी कार्यालयले तामाङ र नेपाल भाषामा पनि साइन बोर्ड लेख्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १९:३३

१२ वैशाख, हेटौंडा । बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले तीन भाषामा साइन बोर्ड लेख्नुपर्ने भएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो ।

आजको बैठकले २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

काठमाडौंको वसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने भएकाले २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।

२४ वैशाखपछि प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्नेछ ।

यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय

१‍. प्रदेशसभाको हिउँदे अधिवेशनको अन्त्य गर्ने निर्णय ।

२. आन्तरिक मामिला तथा कानुनमन्त्रालयको सिफारिसमा जिल्ला अदालत मकवानपुरको भवन उद्घाटन कार्यक्रमको ५ लाख खर्च रकमान्तर गर्न अख्तियारी प्रदान गर्ने निर्णय ।

३. आर्थिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानिकरण अनुदान रकम स्वीकृत ।

४. भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसमा बागमती प्रदेशस्तरीय सरकारी पदाधिकारी तथा कर्मचारीको कार्यकक्ष स्तरीकरण सम्बन्धी मापदण्ड–२०८० स्वीकृत, अब बन्ने नयाँ संरचनाका लागि निर्णय ।

५. भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसमा वन क्षेत्रको भोगाधिकार तथा रुख कटान सम्बन्धमा सम्वन्धमा जग्गा भोगाधिकार मात्रै लिइ राख्ने निर्णय ।

६. सामाजिक विकास मन्त्रालयको सिफारिसमा लैगिंक तथा यौनिक अल्पसंख्यक सम्बन्धी नीति–२०८१ स्वीकृत ।

७. सामाजिक विकास मन्त्रालयअन्तर्गत् आर्थिक वर्ष २०७८÷७९ को बाँकी भुक्तानी रकम निकासा गर्ने निर्णय ।

८. बागमती प्रदेशमा वन तथा वातावरण मन्त्रालयको सिफारिसमा सरकारी तथा सामुदायिक भवन तथा कुनैपनि किसिमको भौतिक संरचना निर्माण गर्दा स्वेदशी काठ अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने निर्णय ।

९. श्रम, रोजगार तथा यातायात मन्त्रालयको सिफारिसमा प्रदेश श्रम सल्लाहकार परिषद्को गठन गर्ने निर्णय ।

१०. संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको सिफारिसमा प्रदेश कामकाजको भाष सुभारम्भ २४ वैशाख गर्ने निर्णय ।

११. आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा २४ वैशाखमा प्रदेशभर सार्वजनिक विदा दिने र २४ गतेपछि सबै सरकारी कार्यालयमा नेपाली, तामाङ र नेपाल भाषामा साइन बोर्ड लेख्नुपर्ने निर्णय ।

१२. सशस्त्र प्रहरी बल ३ नम्बर वाहिनीद्वारा गोताखोर तालिम सञ्चालन सम्बन्धमा ।

१३. विपद स्वयम सेवक समूह निर्माण तथा परिचालन गर्ने निर्णय ।

१४. प्रदेश उच्च शिक्षा नियमावली २०७९ को पहिलो संशोधन सम्वन्धमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?