
१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा धेरै जात्राहरु हुन्छन् । एउटा जात्रा सकिन नपाउँदै अर्को जात्रा सुरू भइसक्छ । तर, हाँडीगाउँको जात्रा भने विशेष छ ।
हाँडीगाउँमा हुने त्यस्तै जात्रा मध्ये एक हो, गहना खोज्ने जात्रा । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । यसैलाई गहना खोज्ने जात्राको रुपमा चिनिन्छ ।
त्यसक्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ ।
चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत जात्रा चलाइन्छ । जात्रामा टुँडालदेवी, भाटभटेनी, नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ ।
हेर्नुहोस् थप तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4