+
+

महोत्तरी मटिहानीको आगलागी ६ घण्टापछि नियन्त्रणमा, १२५ घर जले

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते २०:३०

१२ वैशाख, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी हुँदा करिब १०० भन्दा बढी घरगोठ जलेका छन् । मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा दिउँसो १ बजे सल्किएको आगलागीले बस्ती नै सखाप पारेको हो ।

१० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।

धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास रहेकव विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । यहाँका अधिकांश घर काठले बनेका र जस्तापाताको छानो भएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको बताए । उनले थप विवरण संकलन कार्य भइरहेको बताए ।

मेयर हरिप्रसाद मण्डलले आगलागीमा करिब १२५ भन्दा बढी घरगोठ जलेको बताएका छन् ।

तर आगलागीमा ५ वटा बाख्रा र दुईवटा सुँगुर मरेको उनले बताए । क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?