+
+

महिला लिग छनोटमा सुदूरपश्चिमको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते २१:२१

१२ वैशाख, काठमाडौं । महिला लिग छनोटमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई बुधबार ३-० ले पराजित गरेको छ । छनोट प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जित हो ।

सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा सुदूरपश्चिमका लागि अस्मिता चौधरीले ५१औं र ८१औं मिनेटमा गोल गरे । त्यसअघि यशोदा चिरलले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

प्रतियोगितामा दोस्रो जितपछि तीन खेलबाट ६ अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा छ ।

कोशी प्रदेश ३ खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । प्रतियोगिता अन्तर्गत बिहीबार बागमती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?