+
+

वेस्टइन्डिजका खेलाडीको स्वागतमा पिकअप भाइरलको वास्तविकता के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते २१:५८

१२ वैशाख, काठमाडौं । नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्न वेस्टइन्डिज ए बुधबार बिहान नेपाल आइपुगेको छ ।

वेस्टइन्डिज टिम नेपाल आएको समयको एउटा तस्वीर क्रिकेट समर्थकसामू भाइरल रह्यो । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज खेलाडीको राम्रो स्वागत गर्न नसकेको र उनीहरुको खेलाडीको सामान भ्यानमा राखेको भन्दै आलोचना गरेका छन् ।

खेलाडीहरुको किट राख्ने भ्यान पनि राम्रो पठाउन नसकेको भन्दै आलोचना गरेका हुन् । खेलाडीलाई स्वागत गर्न गएका क्यानका क्रिकेट म्यानेजर विनोद दासले आलोचना बारे जवाफ दिएका छन् ।

उनी खेलाडीलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पनि पुगेका थिए । ‘लगेज भ्यानमा नै राख्ने हो, बसमा खेलाडी हुने हो । संसार भरी चल्ने नियम नै त्यहिँ हो, दासले अनलाइनखबरसँग भने, खेलाडीलाई भिभिआईपी सुरक्षा दिन हामी सरकारी निकाय त होईनौं । तर पनि स्कटिङ, लगेज भ्यान र बस थिए ।’

लगेज भ्यान यो भन्दा राम्रो पठाउन सकिने थिएन भन्ने प्रश्नमा उने भने, ‘हामीसँग लगेज भ्यान छैन । हामीले हायर गर्ने हो । उनीहरुले पिकअप पठाएको हो । यो भन्दा पहिला पाकिस्तानमा एसिया कपमा सुरक्षा देखेर पनि होला, तर नेपाल त्यस्तो थ्रेट त छैन । अर्को पटक देखि हामीले यस कुरामा ध्यान दिन्छौं ।’

खेलाडीको ब्याग र लगेज राख्न राम्रो बसमा नअटाउने उनी बताउँछन् । ‘एउटा खेलाडीको तीन वटा लगेज हुन्छ । २० वटा किट ब्याग कुन बसमा अटाउछ र ? ‘, दासले भने, हामीसँग बाहिरको जस्तो ट्रक छैन । रिङरोड भित्र पिकअप भ्यान चल्न दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?