+
+

भक्तपुर आगलागीमा १० गाई जले, १८ लाख बढी क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १०:५९

१३ वैशाख, काठमाडौं । भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपानेले सन्चालन गरेको गाई फर्ममा वैशाख ११ गते ११ बजे आगलागी भएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरले आज वैशाख १३ गते दिएको जानकारी अनुसार आगोमा जलेर १० वटा गाई, टहरा र भाँडाकुँडासमेत गरी १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

दधिकोटका प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली पनि खटिएको थियो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

२०७४ सालमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?