+
+

काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १३:०८

१३ वैशाख, काठमाडौं । शिक्षक आन्दोलनले रोकिएको काठमाडौं र ललितपुरमा एसईई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।

उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौंमा मंगलबारदेखि एसईईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए ।

शिक्षक संगठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरिसकेको आश्वासन दिएपछि शिक्षकहरू काममा फर्किएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले पारिश्रमिक बढाउने प्रक्रिया अघि बढिसकेको बताए । ‘उहाँहरूको माग जायज छ हामीले पहिले नै प्रक्रिया सुरु गरेका हौं र उहाँहरूको दायित्व पनि भएकोले तत्काल परीक्षण सुरु गर्न निर्देशन दिएका थियौं’, उनले भने ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षण प्रक्रिया सुरु भएको जानकारी पाएको बताए ।

जिल्ला शिक्षा समन्वय एकाइहरूका अनुसार काठमाडौंमा उत्तरपुस्तिका परीक्षण सुरु भएको र ललितपुरमा तयारीका केही काम सकेर शुक्रबारदेखि सुरु गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?