+
+

१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १५:३९

१३ वैशाख, काठमाडौं । पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो ।

लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।

बागमती प्रदेश ०३३ प् १६३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत रहेको पाइएको छ ।

राजु नेकेट भनेर समेत चिनिने उनीविरुद्ध यसअघि १३ वटा मुद्दा चलेको समेत पाइएको छ । पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँदा १३ वटा मुद्दाको विवरण खुलेको हो ।

उनीविरुद्ध ९ चैत २०६२ मासार्वजनिक अपराधको मुद्दा चलेको थियो । २६ चैत २०६५ मा पनि कास्की प्रहरीबाटै सार्वजनिक अपराधको मुद्दा चलेको थियो ।

त्यस्तै १९ साउन २०६६ मा लागु औषध, २६ चैत २०६६ मा सार्वजनिक अपराध, २ असार २०६७ मा चोरी, ६ असार २०६७ मा चोरीको मुद्दा चलेको सीआरएमा भेटिएको छ ।

६ भदौ २०६७ मा सार्वजनिक अपराध, ११ माघ २०७१ मा लागु औषध, ८ माघ २०७१ मा चोरी, १६ कात्तिक २०७७ मा अभद्र व्यवहार, २८ फागुन २०७७ मा अभद्र व्यवहार, ११ मंसिर २०७९ मा लागु औषध र २२ कात्तिक २०८० मा चोरी तथा डाँका कसुरको मुद्दा चलेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?