+
+

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा १६ प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १७:१४

१३ वैशाख, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि १६ जना प्रतिस्पर्धीले आवेदन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूपर्त मन्त्रालयले बिहीबार आवेदकहरूको नामावली सार्वजनिक गरेको छ ।

सरकारले १७ असोज २०८० मा एक सूचना निकाल्दै उम्मेदवारहरूबाट आवेदन मागेको थियो ।

जसमा दिनेशकुमार यादव, सहदेव चन्द, दीलिपकुमार श्रेष्ठ, लोकेन्द्रबहादुर बलायर, सिर्जना श्रेष्ठ, संजयलाल मानन्धार, मनोज नेपाल र उमेशकुमार गुप्ताको आवेदन परेको हो ।

यसैगरी सुरेन्द्र थापा, राकेश यादव, पदम ओली, रामबाबु अधिकारी, सागर श्रेष्ठ, गोरखराज जोशी र वसन्तकुमार पाण्डेले समेत आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?