+
+

आमरण अनशन बसेका रुसी सेनाका परिवार प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १७:४२

१३ वैशाख, काठमाडौं । आमरण अनशन बसेका रुसी सेनाका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुसी सेनामा गएका नेपालीको जीवन रक्षाको माग गर्दै अनशन बसेको सातौं दिन बिहीबार प्रहरीले उनीहरूलाई भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले तीन जना बच्चासहित १२ जनालाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृतमा राखेको रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी अभियन्ता कृतु भण्डारीले बताइन् ।

रुसी सेनामा भर्ना भएकाहरूको १८ जना आफन्त भृकुटीमण्डपमा आमरण अनशन बसिरहेका थिए । उनीहरूले आज दिउँसो रुसी सेनामा गएका नागरिकहरूको जीवन रक्षाको माग गर्दै रसियन राजदूतावास अगाडि धर्ना दिने तयारी गरेका थिए ।

भण्डारीले शान्तिपूर्ण ढंगले अनशन बसिरहेका बेला प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?