+

महिला लिग छनोटमा कर्णालीको दोस्रो जित, बागमतीको लगातार तेस्रो हार

२०८१ वैशाख  १३ गते १७:५३ २०८१ वैशाख १३ गते १७:५३
महिला लिग छनोटमा कर्णालीको दोस्रो जित, बागमतीको लगातार तेस्रो हार

१३ वैशाख, काठमाडौं । घरेलु टोली कर्णाली प्रदेशले एन्फा महिला लिग छनोटमा बिहीबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । लिगमा कर्णालीको यो दोस्रो जित हो ।

सुर्खेतस्थित कर्णाली स्टेडियममा भएको खेलमा कर्णालीका लागि सुनकला राईले ४१औं, ललिता कुर्मी भाटले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेट तथा गरिमा राईले ८९औं मिनेटमा गोल गरिन् ।

बागमतीका लागि सुमिता तामाङले ४५औं तथा सुनमाया गुरुङले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरिन् ।

तीन खेलमा दोस्रो जित हात पारेको कर्णाली ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । सुदूरपश्चिम समान अंक भए पनि कर्णाली गोलअन्तरमा पछि छ ।

पहिलो खेलमा कोशीसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा मधेश प्रदेशलाई हराएको थियो ।

बागमतीको भने यो लगातार तेस्रो हार हो । बागमती यसअघि मधेश र लुम्बिनी प्रदेशसँग पराजित भएको थियो । प्रतियोगिता बागमतीले मात्र अहिलेसम्म कुनै खेल जित्न सकेको छैन र अंकविहीन हुँदै पुछारमा छ ।

कर्णाली महिला लिग छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय